सर्ब प्रथम त साथी हजुरलाई धन्यवाद! दिन चाहन्छु, यो आफ्नो सुन्दर अटो रुपी डायरीमा मलाई आफ्ना मनमा लागेका कुराहरु दर्साउनको लागि दिएको मा तपाईलाई धेरै धेरै धन्यवाद!
साथी जीवन भनेको त दु:ख सु:खको संघर्स हो, यदि हजुरलाई यो जिवनको गोरेतोमा एक्लै हिंड्दा हिंड्दै थकाई लागेको छ भने मेरो याद आएमा तपाईले बनाउनुभएको सुन्दर मानव अटो रुपी डायरीको पाना पल्ताएर र अटोको प्रत्यक पाना लाई पल्टाउँदै गएमा मेरो एउटा रंगिन फोटो र तिता मिठा मनका भावना पाउनुहुनेछ ।
शुभकामना
बिध्या संधै प्राप्ती गर्नु उदेश्यमा, लम्कउनु जहाँ पुग्छौं नबिर्सनु नेपाली लाई चम्कउनु यात्रा तिम्रो सफल होस ।
गर्नु सधैं प्रगती दया गर्नु गरिबको, नहोस तिम्रो दुर्गती सहरमा नहिंड्नु कहिलै, बाटो आफै खोज्नु मित्रता बधाउनु सबै संग असल काम गर्नु । कोहि सत्रु नबनुन तिम्रो, सबै मित्र बनुन शुभ चिन्तक सधैं भरी तिम्रो कल्याण गरगरुन । भविश्य तिम्रो उज्वल बनोस, अंध्यारो मा चम्कनु, काम तिम्रो संधै सफल होस । प्रगतीमै लम्कनु महान काम गर्नु, सधैं राख्नु स्वच्छ भावना नाम तिम्रो अमर बनोस यहि छ मेरो शुभकामना र मुटु भरिको माया ।
सु:ख दु:खके जिन्दगी
रोइट रोइट मिच्छागैनु इ जिन्दगीमे
केकरो दया माया पाई नै सेक्नु
निरास के जिन्दगी केकरो साहार पाई नै सेक्नु ।
फुला ऐनहस हुगिल ई जिन्दगी, चोट आउर वेदना कबुनै बिसराई सेक्नु ।
प्रेमको नाउमा लेख्दै छु
बुझिनौ प्रिय मलाई तिमिले रुवायो पाउ बढाई तिमिले,
थाहै छैन कति तरपिन्छु म ब्युझन्छु रातमा सतायो तिमिले ।
लामो गर्नु छनि सफर जिवनको नरोज्नु अरुनै अधाई तिमिले, भै सक्यो आदस बेहोस मायामा न छोडै पागल बनाई तिमिले ।
बुझिनौ प्रिय मलाई तिमिले रुवायो पाउ बढाई तिमिले ।
प्रेमको नाता जोडयो किन ? यदि बिछोड गर्नुनै थियो भने, विश्वास आखिर ढिलायो किन ? आखिर धोखा दिनुनै थियो भने ।
उपहार के देउ तिमिलाई,
भएको आँशु नै रित्ति सक्यो ।
सहारा के दिउ तिमिलाई,
मेरो आत्मा नै जलि सक्यो ।
माया भन्ने कुरा खोजेर पाइदैन साथी,
यो त अरुले दिने उपहार हो ।
प्रेम कसै संग चाहेर गरिने बस्तु होइन साथी,
यो त दुई आत्माको समर्पण हो ।
जीवन कर्कलाको पानी होइन,
संघर्षको मैदान हो ।
माया गर्नु पाप होइन,
दुई आत्माको बलिदान हो ।
तिम्रो याद आउँदा सधैं मैले आफैलाई भुलेको छु ।
जिन्दगी एउटा गांठो थियो, तिम्रे सामु खुलेको छु ।
तिम्रो प्रेमको नसामा आज सम्म भुलेको छ ।
सुवास लिन सक्छौ भने लेउ, म तिम्रो फुलवारिमा फुलेको छु ।
म जीन्दगी लाई अर्को शब्दमा पनि हेर्न सक्छु माया नै जिवनहो भन्ने भनाई लाई म आत्मा साथ गर्दछु । साथी वास्तवमै जीवन माया हो । जिन्दगीलाई बिगार्ने अनि सुधार्ने एउटा वस्तु अर्थात महत्वपुर्ण भुमिका मायाले खेलेको हुन्छ । आज म तपाईको डायरी मा मेरो जिवनमा घटेको बास्ना दर्साउन चाहन्छु । भनिन्छ आफ्नो प्रेम कसैलाई पनि सुनाउनु हुदैन भनेर भन्छन तर मेरो मनलाई शान्त अनि मेरो निरन्टर कथालाई यश जिन्दगी बाट निकाल्ने कोसिस गर्दछु । गल्ति भए माफ मागिरहेछु ।
सम्झनाका लहरहरू
अकाशमा सुर्य उदाउँदा,
साथी तिमी आए जस्तो लाग्छ ।
गुलाव फुल फुल्दा,
साथी तिमी हाँसे जस्तो लाग्छ ।
गमला मा फुल होला, लेख्न मा भुल होला ।
गल्टि भए क्षमा पाउँ, सम्झना भए माया पाउँ ।
धोका दियो किन
प्रेम गरेर जानुथियो भने किन तिमिले प्रेम गर्यो ।
प्रेमको नाटक गर्नु थियो भने किन मोठो मीठो सपना देखायो ।
प्रेम गरेर जानू नै थियो भने किन मलाई प्रेम गर्न सिकायो तिमिले ।
साथीको भावना
म भन्छु साथी भनेको एउता भावनात्मक रुपमा बाँचिने अतुत मायाको गहिरो सम्बन्ध हो । यो माया जब सम्म रहन्छ तब सम्म एक आपसमा बिश्वास को गहिरो सम्बन्ध हुन्छ । साथी यस्तो हो रगतको नाता भन्दा भावनात्मक नाताको बढी महत्वहुन्छ । जब साथी बन्छन् तब एउटा साथी अर्को साथी अर्को साथी संग बिछोड हुन मन हुदैन । तर के गर्ने बाध्यताले साथै दिदैन । जिवनको मोडमा धेरै साथीहरु पाइन्छन् तर ती सबै साथीहरू एक नास का हुँदैनन् । केही साथी क्षणिक रमाइलो लागी मात्र हुन्छन् । हजारौं साथीहरु मध्य भावनाहरु बुझ्ने एक दुई वा तीन जना मात्र मनका भावनाहरु बुझ्ने साथी पाईन्छन् ।
प्रिय साथी मानिसको जिन्दगी कस्तो हो ? मिलन बिछोड र सुख दु:खको संगम बनेर रहेको छ । जिवनको यात्रा मा मानिस आफै ड्राइभर हुन्छ । खै कहिले कहाँ पुग्ने थाहैहुँदैन । त्यसैले आफु हिडने बाटो मा जिवनका पाइला राम्ररी चल्नु पर्छ । जो कोहिले पनि आफ्नो भबिष्य उज्यालो तर्फ लगाउनु पर्छ । तर मानिसको जिन्दगीमा यस्तो परिस्थिती आई पुग्छ कि जुन कार्य गर्नको लागि खुट्टा तेक्दा चिप्ली दिन्छ । त्यस बाट पर हत्नुपर्छ, अलपत्र बनाई दिन्छ । यसरी मानिसलाई समयको गतिले साथी बिच बिछोड गराई दिन्छ ।
अन्तमा बिछोडको हाम्रो माया ममता साथीको सम्बन्ध कहिलै नटुतोस, युगौ युग जुनि जुनि सम्म रहिरहोस भम्ने कामनाको साथै मेरो साथीको जीवन वसन्त ले सजाओस । हृदय खुशीले रमाओस, आगडी बढने मेरो साथीको हरेक पाइला सफल्ताको शिखर चुमोस यहि छ लाखौ लाख शुभकामना ।
यसैको साथ हाम्रो माया सागर भन्दा अग्लो, समुद्र भन्दा गहिरो माया सधैं सधैं को लागि रहिरहोस । भन्दै कलम यहिं रोक्दैछु ।
म हजुर साथी -रेजिना चौधरी
एक टिप्पणी भेजें
0टिप्पणियाँ